Duration 11:29

Darjeeling NEWS@दार्जीलिङ सिक्किम एकीकरणको मुद्दा ठीक होइन : डा महेन्द्र पी लामा

3 632 watched
0
113
Published 10 Jul 2021

खरसाङ (10 जुलाई) : दार्जीलिङ सिक्किम एकीकरणको मुद्दा ठीक होइन भनी डा महेन्द्र पी लामाले आज खरसाङमा बताएका छन्। आज अचानक खरसाङ आइपुगेका डा महेन्द्र पी लामाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै दार्जीलिङ सिक्किम एकीकरणको लागि धेरै साथीहरूले अध्ययन गरेका होलान् तर मेरो आफ्नो अध्ययन र बुझाईमा दार्जीलिङ सिक्किम एकीकरणको मुद्दा ठीक होइन। किनभने एउटाले हारेर अर्कोले जित्नु हुँदैन तर हामीले दुवैले जित्ने खेल खेल्नुपर्छ भनी बताएका छन्। उनले यसको अर्थ सिक्किमको आफ्नै बाटो, माटो, मार्ग इतिहास, भूगोल र संस्कृति छ अनि हामी दार्जीलिङको पनि आफ्नै छ, त्यसैले हामी हाम्रै बाटो हिँड़नुपर्छ, सुगम नहोला ,कठिनाई होला भनी बताए। डा लामाले यस एकीकरणको मुद्दामाथि साथीहरूले के भन्लान् तर तर मेरो आफ्नो विचारमा अहिले हामी महत्वपूर्ण मोड़मा छौं कारण केन्द्रले दिन्छु भन्दैछ र राज्यले पनि दिन्छु भन्दैछ र केन्द्र र राज्यको स्वास्थ्य प्रतिस्पर्धाबीच हामीले केही राम्रो कुरा पाउनुपर्छ र अहिले यता उता कतै नहेरौं अनि राम्रो भईरहेको समय दार्जिलिङ सिक्किम एकीकरणको मुद्दामा ध्यान नदिई हाम्रो लक्ष्यमा फोकस गरौं भनी बताएका छन्। Face book Page: www.facebook.com/HimaliChannelDarjeeling https://www.facebook.com/zafar.akil.9/ Website Page: http://www.himalichanneldarjeeling.in Instagram: https://www.instagram.com/himali_channel520

Category

Show more

Comments - 27