आमा
हुनु र नहुनुको फरकभन्दा पर रहेर देख्नु वा भेट्नुको वास्तविकतालाई बेवास्ता गरेर यसरी जोडिएको छ तिमीसँग मेरो देह र आत्माको कथा !
कि तिमीलाई पाउनको लागि
म सहिदिन सक्छु हर एक व्यथा
उसो त
म सनशील धर्ती हुँ भनी भन्दिनँ आफैं विशाल आकाश बनूँ पनि म सोच्दिनँ तर जे थिएँ त्यही मात्र नभएर जे थिइनँ त्यो पनि म बन्दै छु म फगत् सन्तान थिएँ आमाको अब म सन्तानको आमा बन्दै छु |
आमा भन्नजस्तो सजिलो कहाँ हुँदो रहेछ र आफू आमा बन्न आमाको काखमा लुटपुटिएजस्तो आरामको कहाँ हुँदो रहेछ र आमा बन्न अचेल
अद्भुत विरोधाभासमा अल्झिरहेछु छिनमै आनन्दको अनुभूति गर्दै छिनमै छटपटीको पीडाबाट गुज्रिरहेछु तर न त कष्टले 'उफ् !' भन्न मन लाग्छ न त मस्तीले 'वा !' भन्न सक्छु कस्तो आकर्षण हो यो तिम्रो अस्तित्वको ? कस्तो बेहिसाब चाह यो पूर्ण समर्पणको ?
गर्भमा तिमी आएदेखि
गर्वले छाती फुलेको छ
म आमा बन्दैछु, बस् यत्तिले मलाई पुगेको छ केलाई गारो मान्ने? केलाई सजिलो भन्ने हर असजिला पलहरु, तिम्रै प्रतिक्षामा भुलेकोछ
सुन्निएका गोडाहरु भनिरहन्छन् दुई मुटुको धड्कन थेग्न गारो भको कुरा चस्किरहने कम्मरले सम्झाइरहन्छ पलपल देहमा अतिरिक्त दबाब भको कुरा पेट बढेर थुम्कोझैं चुलिंदै गको छ लाग्छ आफ्नै शरीरमा पृथ्वी अटाएको छु सास घटेर छोटो भको छ
थाक्छु, गल्छु तर चलिरहन्छु म आफैंले टेकिरहेको जमिन देख्दिनँ र पनि अनन्त आकाशबाट आँट बटुलिरहल्छु थाह छैन
यो यात्रामा पुगिन्छ कहाँ
र सकिन्छ कसरी केके
तर तिम्रो समयको सुरुवात हो यो त्यसैमा म उमङ्ग भर्दै छु
अचेल मख्ख छ मन सोचेरै हुर्किरहेका छौ तिमी मभित्र जब तिमी जन्मने छौ तिम्रो ठेगाना बदलिने छ तिमीले शरीरमा दिएको यो निशाना बदलिने छ तर बदलिने छैन तिमीप्रतिको यो लगाव, प्यार , स्नेह कहिल्यै बरु तिमी आएपछि यो संसारमा मेरो संसार बदलिने छ ...
खेलिरहेको यो कथामा, खेपिरहेको यो व्यथामा प्रकृति हुनुको यथार्थलाई बाँचिरहेर हरेक पल
म सिंचिरहेछु प्यारले यो बीजलाई म सॉचिरहेछु जतनले यो देहलाई आनन्दको आभाष पनि खै के मा छ भन्नु मलाई तिम्रो लातभन्दा प्यारो अर्को कोमल स्पर्ष छैन अचेल पर पर पुग्ने सपनाको खै के कुरा गर्नु आफुभित्रै ब्रम्हाण्डको सृष्टि जो बोक्छु अचेल म भ्रुणलाई आकार दिंदैछु आफुभित्र कस्तो हुने हो आकृति हेर्ने हतारो गर्दै म बिजलाई मलजल दिदैछु बेहिसाब प्यारले कस्तो आउने हो फल , प्रतिक्षा पल पल गर्दै तिमी पुर्ण हुनुपर्छ सबैकुरामा भन्दिन तिमी सुन्दर हुनैपर्छ सबै तहमा सोच्दिन म आमा हुनुको गर्वमा, हुर्काउदैछु तिमीलाई गर्भमा बस् तिमी यस्तो सन्तान बन्नु जस्लाई सम्झिंदा पनि गर्व लागोस् |
#Amritanepal#Nepalipoem#Aama#
Category
Show more
Comments - 18
Related videos for Aama | Nepali poem | Amrita Nepal | :