Duration 3:46

उसले मलाई अलिअली चिन्छ, ऊ मेरो नजिकको मान्छे | कविता वाचन | kabita nepali | | @shayar.92

92 watched
0
13
Published 22 Jul 2020

मेरो नजिकको मान्छे उसले मलाई अलिअलि चिन्छ मैले उसलाई राम्रोसँग चिन्छु ऊ मलाई कत्तिपनि बुझ्दैन तर म उसलाई राम्रोसँग बुझ्छु ऊ मेरो खानदानी आफन्तको नातेदारको पनि खास मान्छे ऊ मेरो नजिकको मान्छे वर्ण उस्तै कद म भन्दा अलिकती ज्यादा अनुहारको बनावट उस्तै नाकको आकार पनि उस्तै ऊ मेरो खानदानी नातेदार ऊ मेरो नजिकको मान्छे थर यौटै नाम फरक सहर यौटै काम फरक सफर यौटै हिंडाई फरक आँखा उस्तै हेराई फरक ऊ मलाई देखेर नाक खुम्च्याउँछ म उसलाई देखेर मुसुक्क मुस्कुराउँछु ऊ मेरो नजिकको मान्छे पढाइ यौटै बुझाई फरक उमेर उस्तै उस्तै कमाई फरक ऊ म जस्तै तर फरक मान्छे ऊ मेरो नजिकको मान्छे ऊ हप्तैपिच्छे चिकन काट्छ र मेरो आँगनमा हड्डि फाल्छ म आँगन सफा गर्छु र परेवालाई चारो हाल्छु ऊ आफ्नै तरिकाले खुशी हुन्छ म आफ्नै तरिकाले खुशी हुन्छु ऊ खानदानी मान्छे ऊ मेरो नजिकको मान्छे म उसको घरको छतमा बसेको कौवा धपाइदिन्छु ऊ गल्लिका कुकुर बटुलेर मेरो आगँन तिर धपाउँछ म कुकुरलाई खाना दिन्छु ऊ उल्टै मलाई ताना दिन्छ ऊ मेरो आफ्नै मान्छे ऊ मेरो नजिकको मान्छे मैले मेरा आगनमा लटरम्म फूलेका फूल बाँडेर दिपावाली मनाउँछु उसले मेरो घरको छानो माथी पटाका पड्काएर दिपावली मनाउँछ म ऊ सँग खुशी बाढेर खुशी हुन्छु ऊ मलाई तर्साएर खुशी हुन्छ ऊ मेरो खास मान्छे मेरो नजिकको मान्छे। हिजो मात्र उसको सेफ्टी ट्याङ्की भरियो मैले उसको मलमुत्र ठेगान लगाएं म उसलाई सहयोग गर्छु ऊ लामखुट्टे बढ्दा मेरो घरको जुठेल्नालाई दोष दिन्छ ऊ मेरो आफन्ती मान्छे ऊ मेरो छिमेकको मान्छे म उसलाई हर उत्सवमा सम्झिन्छु ऊ मलाई काम पर्दा मात्र सम्झिन्छ ऊ मेरो आफन्ती मान्छे ऊ मेरो नजिकको मान्छे © राम आचार्य शायर

Category

Show more

Comments - 10